नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा पेशी तोकिएको छ ।शाक्यले दिएको रिट न्यायाधीश नृप ध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।
शाक्य २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो । सरकारको उक्त निर्णयबाट आफू अन्यायमा परेको भन्दै शाक्यले अदालतमा रिट दायर गरेका थिए ।
यसअघि पनि २०७७ साल माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकारले २०७८ साउन २५ गते पदबाट हटाएको थियो ।
त्यस निर्णय विरुद्ध समेत सर्वोच्च अदालतमा रिट दायर गरेका शाक्यको मुद्दामा ३२ पटक पेशी सरेको थियो । सो मुद्धामा अदालतले कुनै फैसला दिएको थिएन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
भोटेकोशी बाढी प्रभावित बालबालिका लागि दीर्घकालीन स्याहार योजना सञ्चानल
कागेश्वरी मनोहराका अपाङ्गता भएका बालबालिकाका लागि ‘समावेशी भविष्य’ परियोजना सुरु
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
थप समाचार
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
भोटेकोशी बाढी प्रभावित बालबालिका लागि दीर्घकालीन स्याहार योजना सञ्चानल
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान