बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

पार्टी एकतामा असहमति राख्दै आएका उपमहासचिव शर्माले आज पत्रकार सम्मेलन गर्दै

नेकपा एससहित साना दलसँग एकता गर्ने बिषयमा शर्माले असहमति जनाउदै आएका छन् । शर्माले आज पत्रकार सम्मेलन गरेर पार्टी एकताको बिषयमा आफ्नो धारणा प्रस्तुत गर्ने बताईएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १८ कात्तिक, २०८२ मा प्रकाशित
पार्टी एकतामा असहमति राख्दै आएका उपमहासचिव शर्माले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं, कात्तिक १८ :

नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दैछन्।

नेकपा एससहित साना दलसँग एकता गर्ने बिषयमा शर्माले असहमति जनाउदै आएका छन् । शर्माले आज पत्रकार सम्मेलन गरेर पार्टी एकताको बिषयमा आफ्नो धारणा प्रस्तुत गर्ने बताईएको छ ।

उनका पत्रकार सम्मेलन दिउँसो साढे २ बजे ललितपुरमा गर्दैछन् । शर्माले आइतबार नेता शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका छन्।

माओवादीले आज दिउँसो १ बजे महाधिवेशन आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दैछ।

तर शर्माले भने यो एकता प्रक्रिया तत्काल रोक्ने भनेका छन्। 

आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठकले नेकपा एकीकृत समाजवादी सहित ९ वटा दल बीच भएको एकता सहमतिलाई अनुमोदन गर्दैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार