काठमाडौं, कात्तिक १८ :

नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।

शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा  कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गए पनि उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् ।