बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

रास्वपाको विस्तारित बैठक आजदेखि सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २१ कात्तिक, २०८२ मा प्रकाशित
रास्वपाको विस्तारित बैठक आजदेखि सुरु
काठमाडौं, कात्तिक २१ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक आजदेखि सुरु हुने भएको छ ।

चितवनको सौराहामा बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।  बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछ । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ ।  

बैठकमा  केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथीहरू सहभागी हुनेछन्  ।

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार