बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार राजनीति

हरिसिद्दीमा शर्मा,भुषाल र विप्लवको भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २१ कात्तिक, २०८२ मा प्रकाशित
हरिसिद्दीमा शर्मा,भुषाल र विप्लवको भेट
काठमाडौं, कात्तिक २१ :

माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेर छलफल गरेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भनेर अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसालले आज बिहानै  हरिसिद्धीमा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई भेटेर छलफल गरेका हुन् ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित तीनजना नेताबीच पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको बताइएको छ । शर्माले हिजो मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।

कम्युनिस्ट आन्दोलन र प्रतिनिधिसभाको आगामी निर्वाचनका बिषयमा  समेत गम्भीर र फराकिलो ढंगले छलफल भएको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको नेताहरूको दाबी छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार