शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति भिडियो

नागरिक उन्मुक्ति पार्टी नेपाल आयोगमा आधिकारिक रूपमा दर्ता, चुनाव चिह्न ‘जाँतो’

कुल दलको संख्या १२६ पुग्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
नागरिक उन्मुक्ति पार्टी नेपाल आयोगमा आधिकारिक रूपमा दर्ता, चुनाव चिह्न ‘जाँतो’
काठमाडौं, कात्तिक २६ :

नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। कवीर सोप अध्यक्ष रहेको उक्त पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। आयोगले आवश्यक प्रक्रिया पूरा गरी पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

चुनाव चिह्न ‘जाँतो’ रहेको नागरिक उन्मुक्ति पार्टी हालैको जेनजी आन्दोलनपछि दर्ता हुने पाँचौं राजनीतिक दल बनेको छ। यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, र सीके राउतको जनमत पार्टीबाट विभाजन भएको जनस्वराज पार्टी आयोगमा दर्ता भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल १२६ राजनीतिक दल दर्ता भइसकेका छन्। साथै, नयाँ दर्ताका लागि २९ दलले निवेदन दिएको आयोगले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार