बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मधेश प्रदेश सभाको बैठक आज बस्दै,सभामुख मण्डल विरुद्धको प्रस्तावमा छलफल हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
मधेश प्रदेश सभाको बैठक आज बस्दै,सभामुख मण्डल विरुद्धको प्रस्तावमा छलफल हुने
मधेश, मंसिर ३ :

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेश सभा बैठक बोलाईएको  छ ।  

गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डल विरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । सोही बिषयमा आजकव बैठकमा छलफल हुनेछ । सो विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ ।

बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ ।

सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार प्रदेशसभा बैठक बोलाउन उपसभामुख ईश्वरलाई ज्ञापनपत्र बुझाएका थिए । उपसभामुख बबिता राउत ईशरको निर्देशनमा आजको बैठक बोलईएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार