बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार राजनीति

जसपा नेपालले देशभर सङ्घर्षका कार्यक्रम गर्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
जसपा नेपालले देशभर सङ्घर्षका कार्यक्रम गर्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौं, मंसिर १० :

जनता समाजवादी पार्टी जसपा नेपालको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमहरु शुरु गर्ने भएको  छ ।

मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम,कोणसभा गरी जनपरिचालन गर्ने सो पार्टीले जनाएको छ । साथै  मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड,ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्नाको  कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै मङ्सिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्ने बताइएको छ ।

जसपा नेपालको प्रदेश स्तरीय जन प्रदर्शन एवं विरोध सभाका कार्यक्रम अन्तर्गत पुस १२ गते विराटनगरमा,पुस १४ गते जनकपुर,पुस १७ गते भैरहवामा तय गरिएको छ ।

पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामा आज देश भरका जिल्ला प्रशासन कार्यालयहरूमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापी रूपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको सो पार्टीले जनाएको छ  ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार