
काठमाडौं,साउन १७: नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहन्छ । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा अपरान्ह ५ बजेका लागि तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको थियो ।
बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उहाहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्रसंग निकट हुनुहन्छ । उहाहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।