बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
अर्थतन्त्र कर्पोरेट

सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन
काठमाडौं, मंसिर १२ :

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई रु दुई लाख पाँच हजार, काठमाडौँ मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई रु २० हजार, काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई रु पाँच हजार कारबाहीस्वरुप जरिवाना गराएको हो ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौँ मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौँ मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सामान्य निर्देशन दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार