बागमती प्रदेश सरकारका खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्री कृष्ण कुमार तामाङले कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालित विभिन्न खानेपानी आयोजनाको अनुगमन गरेका छन् ।
शुक्रबार खानेपानी योजनाको अनुगमन गर्दै मन्त्री तामाङले निर्माणाधिन खानेपानी आयोजनाहरू समयमै सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट अभाव हुन नदिइ जनताको आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।
मन्त्री तामाङले आयोजनाहरू निर्धारित समयभित्र सम्पन्न भएपछि कागेश्वरी मनोहरा नगरका नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी सुविधा उपलब्ध हुने अपेक्षा गरे।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सात आठ महिनाभित्र नगरबासीलाई खानेपानीको सुविधा पुर्याउने लक्ष्य राखिएको बताए । यसमा प्रदेश सरकारको पुर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
नगरपालिकामा हाल डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी,गोठाटार खानेपानी,काँडाघारी खानेपानी लगायतका योजना कार्यान्वयन भइरहेका छन्। यी परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउन मन्त्री तामाङले सम्बन्धित निकायलाई आवश्यक समन्वय तथा सहकार्य बढाउन निर्देशन समेत दिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण