आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार खेलकुद क्रिकेट

एनपिएलमा स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरिने

क्यानले एनपिएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ मंसिर, २०८२ मा प्रकाशित
एनपिएलमा स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरिने
काठमाडौं, मंसिर १३ :

नेपाल प्रिमियर लिग (एनपिएल)मा एउटा टोलीलाई  स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरिने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बीच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो ।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गर्नुभयो । क्यानले अब एनपिएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ ।

खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ । यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्न तयार रहेको समेत बताएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार