शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जादै विवेकशिल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
काठमाडौ, मंसिर १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ ।

आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।

विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो । उक्त दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार