आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार प्रदेश गण्डकी प्रदेश

गोरखाको बाह्रकिलोमा बस दुर्घटना, २१ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
गोरखाको बाह्रकिलोमा बस दुर्घटना, २१ जना घाइते
काठमाडौं, मंसिर १४ :

आँबुखैरेनी–गोरखा सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १२१९ नम्बरको बस अचानक गुडेर करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गोरखाबाट चितवनतर्फ जाँदै गरेको उक्त बस ड्राइभर ओट् नराखी झरेको समयमा ब्रेक नलागेर पछाडि तिर गुड्दै खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन।

दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार