आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार प्रदेश बागमती प्रदेश

बिना सूचना ड्याम खोलिँदा अन्त्येष्टिको तयारीमा राखिएको शव बग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
बिना सूचना ड्याम खोलिँदा अन्त्येष्टिको तयारीमा राखिएको शव बग्यो
प्रतीकात्मकर तस्बिर ।
सिन्धुपाल्चोक, मंसिर १४ :

सिन्धुपाल्चोकको लामोसाँघुस्थित सिन्धु जलविद्युत् वितरण केन्द्रले आकस्मिक रूपमा ड्याम खोलेपछि त्रिपुरासुन्दरी गाउँपालिका–६ बाल्का घाटमा अन्तिम संस्कारको तयारीमा राखिएको शव बगेको छ।

पूर्वसूचना बिना ड्याम खोलिनुका कारण मृतकप्रति अनादर भएको भन्दै स्थानीय समुदाय आक्रोशित बनेका छन्, र केन्द्रले गल्ती स्वीकार नगरे कडा आन्दोलनदेखि तालाबन्दीसम्म गर्ने चेतावनी दिएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

वडाध्यक्ष रमेश बोहराका अनुसार स्थानीय र मलामीहरू दाउरा सजाई चिताको अन्तिम तयारी गरिरहेका बेला अचानक पानीको बहाव तीव्र भएपछि सबै भागाभाग भएका थिए।

घटनापछि स्थानीय र केन्द्रका कर्मचारीबीच केहि समय वादविवाद समेत भएको थियो। बोहराले यसलाई एकमात्र घटना नभई बारम्बार जथाभावी ड्याम खोल्दा स्थानीयले समस्या झेल्दै आएको गुनासो दोहोर्याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार