बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
समाचार बागमती प्रदेश कला/साहित्य

पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ मंसिर, २०८२ मा प्रकाशित
पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव
पाटन, मंसिर १६ :

नेपाल हस्तकला महासंघले बुधबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले मंसिर १७ गते बुधबारदेखि २१ गतेसम्म महोत्सवको आयोजना गरिएको जनाएको हो ।

महोत्सवमा हस्तकलाका सामग्री, नेपालका ६० र दक्षिण कोरियाका ४० मुखौटा, बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक लगाएतको प्रदर्शनी रहने महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । उनले हाल देशको परिवर्तनशील अवस्थामा हस्तकला क्षेत्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए ।

नेपाल सरकारले स्थानीय उत्पादन खरिद गर्ने निर्णय गरेपनि व्यहारमा लागू हुन नसकेको र स्वदेशी बस्तुजस्तै देखिनै आयातित सामानले थप मर्कामा परेको उनले गुनासो गरे । अध्यक्ष शाक्यले वाग्मती प्रदेश सरकारले हस्तकला ग्राम नीति पारित गरेपनि कार्यविधि र नियमावलीमा अड्कीएकाले थप अन्यौल सिर्जना भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार