काठमाडौं, मंसिर १८ :
नेवार समुदायले योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मुलुकभर उल्लासका साथ मनाएका छन् ।
नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएका हुन् । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ ।
योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । योमरी पुन्हीका अवसरमा काठमाडौंको मंगलबजारमा बिभिन्न प्रकारका यमरी प्रर्दशनीमा राखिएको थियो ।
यस्तै, योमरी पूर्णिमाको दिन आजै ज्यापु संस्कृत विकास कोषले वसन्तपुर डबलीमा २२औँ राष्ट्रिय ज्यापु दिवस मनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
दसैँ पर्वका लागि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल,हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा आइपुगे