आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार भिडियो

युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाइने : खेलकुदमन्त्री गुप्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाइने : खेलकुदमन्त्री  गुप्ता
काठमाडौं, मंसिर १९ :

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् । 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो मन्त्रालय अन्तर्गत खेलकुदका साथै युवा समेत रहेकाले युवाहरुलाई केन्द्रीय गरेर उनीहरुको मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका हुन् ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सीमित स्रोतका बाबजुत आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए । मन्त्री गुप्ताले ट्राफिक प्रहरीप्रति र ट्राफिक प्रहरीले अरुप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक रुपमा अघि बढाउन बसे सडक दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिए ।

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि हरेक बर्ष डिसेम्वर ५ तारिकका दिन मनाउन थालिएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार