आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश मधेस प्रदेश भिडियो

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

राम्रा कामको निरन्तरता र नराम्रा कामलाई सच्चाउदै अघि बढ्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
जनकपुर, मंसिर १९ :

मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कणले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

सात दलीय गठबन्धनका  ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा शुक्रबार दाबी पेश गरिएपछि यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

मुख्यमन्त्री नियुक्त भएपछि यादवले  यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामलाई सच्चाउदै अघि बढ्ने बताए । साथै मुख्यमन्त्री हेरफेरका लागि भएका गतिविधिले जनतामा छाएको निराशालाई चिर्ने प्रतिबद्धता जनाए । 

सात दलीय गठबन्धनमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी नेकपा, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी रहेको छ। नवनियुक्त मुख्यमन्त्री यादवले छलफलपछि मन्त्रालयहरूको टुङ्गो लाग्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार