सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

गोवाको नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
गोवाको नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु [नामसहित]
गोवा, मंसिर २२ :

भारतको गोवा राज्यको अरपोरा क्षेत्रस्थित एक नाइट क्लबमा शनिबार मध्यरात भएको भीषण आगलागीमा परी चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कम्तीमा ६ जना घाइते भएका छन् ।

गोवा सरकारले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार ज्यान गुमाउनेमध्ये २० जना क्लबका कर्मचारी थिए । जसमा चार नेपाली नागरिक समेत परेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार मृत्यु हुने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन् । उनीहरूको स्थायी ठेगाना भने खुलाइएको छैन । गोवा सरकारले शव नेपाल पठाउने आवश्यक समन्वय भइरहेको जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार