शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

देउवा डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्ने तयारीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ मंसिर, २०८२ मा प्रकाशित
देउवा डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्ने तयारीमा
काठमाडौं, मंसिर २३ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाटै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यसलाई आफ्नो ‘अन्तिम चुनावी प्रतिस्पर्धा हुने संकेतसमेत गरेका छन्।  

देउवाले उम्मेदवारीमा रुचि देखाएपछि क्षेत्रीय तहमा उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भइरहेको छ। साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेपछि म उठ्छु भनेर देउवाले प्रतिक्रिया दिन थालेको भेट्न पुगेका नेताहरु बताउँछन् ।

नेविसंघका नेता भुवन भट्टले पनि सभापतिले अन्तिमपटक चुनाव लड्ने निर्णयमा आफू दृढ रहेको जानकारी दिएको बताए। उनले मंगलबार बिहान देउवालाई भेटेका हुन् । त्यसबखत अरु नेताहरुलाई जस्तै उनलाई पनि देउवाले चुनाव लड्ने इच्छा देखाए ।

२०४८ सालदेखि लगातार डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका देउवा आगामी निर्वाचनमा पनि उही क्षेत्रबाट निरन्तरता दिन तयारी अवस्थामा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार