आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार अर्थतन्त्र

भन्सारमा एजेन्टहरुको पेनडाउन, कार्यालयहरुको काम प्रभावित

भन्सार एजेन्ट महासङ्घसँग हिजोको वार्ता सकारात्मक नभएपछि पेनडाउन गरेका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ मंसिर, २०८२ मा प्रकाशित
भन्सारमा एजेन्टहरुको पेनडाउन, कार्यालयहरुको काम प्रभावित
काठमाडौं, मंसिर २४ :

भन्सार एजेन्टहरुले देशव्यापी पेनडाउन गर्दा  भन्सार कार्यालयहरुको काम प्रभावित भएको छ ।

भन्सार एजेन्ट महासङ्घसँग हिजोको वार्ता सकारात्मक नभएपछि पेनडाउन गरेका हुन् । देशभरका सबै भन्सार कार्यालयमा कामकाज ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको छ । भन्सार जाँचपास रोकिएसँगै नेपालमा हुने सबै प्रकारका मालवस्तुको आयात–निर्यात ठप्प भएको छ ।

मंगलबार भएको वार्तामा सरकारले आन्दोलन फिर्ता लिएर वार्तामा बस्ने आग्रह गर्दा महासंघले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएपछि पेन डाउन बुधबार पनि कायम रहेको हो । आज पनि वार्ता हुने बताइएको छ ।

महासङ्घले केही समयअघि संसदबाट पारित भएको नयाँ भन्सार ऐनका अन्यायपूर्ण प्रावधान संशोधन गर्न माग गर्दै आएको छ । दफा ७१ (झ) मा कागजात विद्युतीय प्रणालीमा अपलोड गर्दा साना त्रुटिमा समेत जरिवाना लगाउने व्यवस्थामा सबैभन्दा बढी असन्तुष्टि छ । भन्सार प्रणालीमा देखिने सर्भर समस्या, पेशागत हकहित, तथा ऐनका अव्यवहारिक व्यवस्था सच्याउन माग राख्दै चरणबद्ध आन्दोलनअन्तर्गत पेनडाउन भइरहेको भन्सार एजेन्ट महासङ्घले जनाएको छ ।

वीरगंज उद्योग वाणिज्य सङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भन्सार एजेन्टहरूले उठाएका माग न्यायोचित रहेको निष्कर्ष निकालेको छ ।

नयाँ भन्सार ऐन–२०७९ (संसोधित २०८२) का केही प्रावधानले भन्सार एजेन्टहरूको हकहितमा प्रत्यक्ष असर परिरहेको भन्दै वीरगंज उद्योग वाणिज्य सङ्घले तिनको तत्काल पुनरावलोकन तथा सुधारको माग गरेको छ ।

ऐनका प्रावधानले भन्सार एजेन्टको पेसागत हकहित र सहज काम गर्ने वातावरणमा नकारात्मक असर पुयाएको भन्दै  ऐनको मस्यौदा तयार गर्दा देखि नै भन्सार विभाग र अर्थ मन्त्रालयलाई पेसागत हकहित र व्यापार सहजीकरणबारे ध्यानाकर्षण गराउँदा मागलाई बेवास्ता गरेको महासंघको भनाई छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार