आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

गोवाको एक नाईट क्लबमा भएको आगोलागीमा ज्यान गुमाएका ५ जना नेपालीको सनाखत

शव नेपाल ल्याउने तयारी भइरहेको छ : परराष्ट्र मन्त्रालय
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
गोवाको एक नाईट क्लबमा भएको आगोलागीमा ज्यान गुमाएका ५ जना नेपालीको सनाखत
काठमाडौं, मंसिर २५ :

भारतको तटीय क्षेत्र गोवाको एक नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ ।

गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाको ज्यान गएको थियो।

ज्यान गुमाउने नेपालीहरुमा सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा रहेको गोवा प्रहरीले जनाएको छ ।

उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ ।

सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी भई ग्यास सिलिण्डर पनि विष्फोट हुँदा आगो भयावह भएको थियो ।

क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ ।  नियम विपरीत नाइट क्लब सञ्चालन अनुमति दिएको आरोपमा गोवाको स्थानीय सरकारका तीन वरिष्ठ सरकारी अधिकारी पनि निलम्बनमा परेका छन् ।

मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गोवा सरकारले गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार