
काठमाडौं, मंसिर २५ :
सरकारले जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए । बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको थियो ।