आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी #कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी
समाचार राजनीति

आज उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशन, भोली निर्वाचन

साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
आज उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशन, भोली निर्वाचन
काठमाडौं, मंसिर २९ :

नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्द शत्र अन्तर्गत आज केन्द्रीय समितिका लागि उम्मेदवारहरूलाई दरखास्त फारम वितरण,उम्मेदवारी मनोनयन र अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ ।

आज उम्मेदवारका आकांक्षीले बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यसूची छ । यसका लागि केन्द्रीय निर्वाचन आयोगले बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।

दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने भएको छ भने उम्मेदवार विरुद्ध उजुरी दिने समय दिउँसो २:३० बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

भोली बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

शनिबार सल्लाघारीमा उद्घाटन शत्र भएको महाधिवेशनको बन्द शत्र हिजोदेखि भृकुटीमण्डपमा जारी छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार