सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस #सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस
समाचार

ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव
काठमाडौं, मंसिर २९ :

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ ।

प्यानल नै बनाएर निर्वाचन हुने अवस्था बनेपछि हालका उपाध्यक्ष पाण्डे महासचिवका उम्मेदवार, सचिव द्वय गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उप महासचिवका उम्मेदवार हुने तय भएको बताईएको छ ।

निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान १०:३० बजेबाट सुरु भएको छ ।

यस्तै अरु पदाधिकारीबारे पनि छलफल चलिरहेको नेता गोकर्ण विष्टले जनाएका छन् ।

सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलाई उम्मेदवार बनाउने छलफल भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार