बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

लेखराज भट्टद्वारा सचिव पद अस्वीकार

उपमहासचिव पदमा आकांक्षा देखाए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
लेखराज भट्टद्वारा सचिव पद अस्वीकार
काठमाडौं, मंसिर २९ :

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताअघि नेतृत्व तहमा रस्साकस्सी तीव्र बनेको छ। 

तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलका उम्मेदवार टुंगो लगाइरहँदा ओली समूहभित्रै असन्तुष्टि देखिन थालेको छ।

ओलीले सचिव पदमा दोहोर्‍याएर उम्मेदवार बन्न प्रस्ताव गरेका नेता लेखराज भट्टले सचिव पद अस्वीकार गर्ने घोषणा गरेका छन्। यसअघि नै सचिव रहेका भट्टले आफू सचिवको उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्।

‘म सचिवको उम्मेदवार हुन्नँ,’ भट्टले भने, ‘अरु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन।’ भट्टले उपमहासचिव पदमा आकांक्षा राख्दै आएका थिए। तर ओलीले उनलाई सचिवमै दोहोरिन प्रस्ताव गरेपछि उनले अस्वीकार गरेका हुन्।

उम्मेदवार चयनको विषयलाई लिएर ओली समूहभित्र देखिएको यो खटपटले एमाले महाधिवेशनको आन्तरिक राजनीति थप चर्किने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार