
काठमाण्डौँ, असोज १० :
देशभर डेङ्गु ह्वात्तै बढेको छ।
हुम्ला जिल्ला बाहेक ७६ जिल्लामा डेङ्गुको संक्रमण तीब्र रुपमा फैलिएको सरुवा रोग तथा इपिडिमियोलोजी महाशाखाले जनाएको छ ।
डेङ्गु फैलिएसँगै अस्पतालहरुमा विरामीको चाप पनि निकै बढेको छ।
उपचारको लागि अस्पताल पुगेका कतिपय विरामीहरुले उपचार सहज रुपमा पाउन सकेका छैनन ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अझै असोज महिनाभर डेङ्गुको संक्रमण बढ्नेछ ।
तसर्थ, लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरुले फेरि एकपटक आग्रह गरेका छन।
घर वरपर सफा राख्न र पानी जमेको ठाउँ पुर्न पनि उनीहरुले सुझाएका छन ।