शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

हुम्लाबाहेक सबै ७६ जिल्लामा ह्वात्तै बढ्यो डेङ्गु (भिडियोसहित)

थप सतर्कता अपनाउन आग्रह
· बुधबार, १० असोज, २०८१ मा प्रकाशित
हुम्लाबाहेक सबै ७६ जिल्लामा ह्वात्तै बढ्यो डेङ्गु (भिडियोसहित)
काठमाण्डौँ, असोज १० :

देशभर डेङ्गु ह्वात्तै बढेको छ।

हुम्ला जिल्ला बाहेक ७६ जिल्लामा डेङ्गुको संक्रमण तीब्र रुपमा फैलिएको सरुवा रोग तथा इपिडिमियोलोजी महाशाखाले जनाएको छ ।

डेङ्गु फैलिएसँगै अस्पतालहरुमा विरामीको चाप पनि निकै बढेको छ।

उपचारको लागि अस्पताल पुगेका कतिपय विरामीहरुले उपचार सहज रुपमा पाउन सकेका छैनन ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अझै असोज महिनाभर डेङ्गुको संक्रमण बढ्नेछ । 

तसर्थ, लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरुले फेरि एकपटक आग्रह गरेका छन। 

घर वरपर सफा राख्न र पानी जमेको ठाउँ पुर्न पनि उनीहरुले सुझाएका छन । 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार