सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस #सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस
समाचार प्रदेश बागमती प्रदेश

खगेन्द्रप्रसाद र रुद्रकलीलाई सौराहाबाट बिदाइ

यी हात्ती अब कतारको अलखोर चिडियाखानामा रहनेछन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
खगेन्द्रप्रसाद र रुद्रकलीलाई सौराहाबाट बिदाइ
काठमाडौं, मंसिर २९ :

चितवन राष्ट्रिय निकुञ्जमा हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई कतार पठाइँदै छ। सोमबार सौराहामा विधिवत् कार्यक्रम गरेर दुवै हात्तीलाई  बिदाइ गरिएको छ।

२०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपालले दुई वटा हात्ती उपहार दिने घोषणा गरेको थियो। सोही निर्णयअनुसार यी हात्ती अब कतारको अलखोर चिडियाखानामा रहनेछन्।

सौराहाबाट ११ किलोमिटर टाढा खैरहनीमा तयार गरिएको विशेष खोरसहित हात्तीलाई भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको छ। बुधबार भैरहवामा विशेष कार्यक्रमपछि चार्टर विमानमार्फत कतार पठाइने निकुञ्जले जनाएको छ। हात्तीका माहुते र पशु स्वास्थ्य प्राविधिक पनि एक महिनाका लागि कतार जानेछन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार