आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने

प्रत्येक मतदाताले भोट हाल्न करिब ३५ देखि ४० मिनेट लाग्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने
काठमाडौं, पुस १ :

नेकपा एमालेको ११औँ महाधिवेशनका निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने भएको छ । यसअघि  दिउँसो १ बजेदेखि मतदान हुने भनिएको थियो ।

निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ।त्यसैले  मतदान ४ बजेपछि शुरु हुने भएको छ ।

अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ ।

महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिनेछ ।  

प्रत्येक मतदाताले भोट हाल्न करिब ३५ देखि ४० मिनेट लाग्ने बताईएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार