आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

देउवा र शेखरबीच भेटवार्ता, विना नम्बरका फारामबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
देउवा र शेखरबीच भेटवार्ता, विना नम्बरका फारामबारे छलफल
काठमाडौं, पुस १ :

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

क्रियाशिल सदस्यता व्यवस्थापन समितिले क्रम संख्या उल्लेख नभएको फाराम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुराकानी गर्नका लागि नेता कोइराला देउवालाई भेट्न गएका थिए ।

कोइराला केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न गएका थिए ।

भेटमा कोइरालाले क्रियाशिल सदस्य वितरण समितिले नम्बर विनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशभरि जटिल समस्या उत्पन्न सिर्जना गरेको कुरा देउवालाइ बताएका बताईएको छ ।

कोइरालाले विना नम्बरका ती फाराम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरेका थिए  । कोइरालाले ती विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्कसमेत राखेको बताईएको छ ।

२०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार