मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र #विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र
समाचार प्रदेश कर्णाली प्रदेश

बाल विवाह अन्त्यका लागि दीगो रणनीति र साझा प्रतिबद्धता आवश्यक : मन्त्री शाह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ पुस, २०८२ मा प्रकाशित
बाल विवाह अन्त्यका लागि दीगो रणनीति र साझा प्रतिबद्धता आवश्यक : मन्त्री शाह
सुर्खेत, पुस २ :

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बाल विवाहले सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा गम्भीर नकारात्मक असर पार्ने बताएका छन्।

बाल विवाहविरुद्धको प्रादेशिक रणनीतिक योजना–२०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले बुधबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री शाहले बाल विवाह अन्त्यका लागि नीति, कार्यक्रम र बजेटबीच स्पष्ट समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। 

उनले प्रदेश सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय तह, नागरिक समाज, विकास साझेदार संस्था तथा समुदायको सक्रिय सहभागिताबाट मात्र प्रादेशिक रणनीतिक योजना व्यवहारमा उतार्न सकिने बताए।

छलफल कार्यक्रममा सहभागी वक्ताहरूले बाल विवाह रोकथामका लागि विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए। साथै जनचेतना अभिवृद्धि गर्नुका साथै बालिकाको शिक्षा र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले समुदायस्तरमै व्यवहार परिवर्तन गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सके बाल विवाह न्यूनीकरणमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने धारणा राखेका थिए।

कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, विषयगत विज्ञ, विकास साझेदार संस्था, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार