शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन #गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन
राजनीति

एमाले बैठक : केन्द्रीय कमिटीबाट बाहिरिएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने

संशोधित विधान एक साताभित्र प्रकाशित गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
एमाले बैठक : केन्द्रीय कमिटीबाट बाहिरिएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
काठमाडौं, पुस ४ :

नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरू समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले सो जानकारी गराएका हुन्। 

यस्तै एमालेले संशोधित विधान एक साताभित्र सम्पादन तथा प्रकाशन गर्ने पनि निर्णय गरेको छ। दोस्रो विधान महाधिवेशनबाट संशोधित विधान र राष्ट्रिय महाधिवेशनले गरेको संशोधनसमेत समेटेर विधान प्रकाशन गर्ने प्रस्ताव महासचिव पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेका हुन्।

त्यसैगरी, नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी प्रदान गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिएको छ। एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आगामी पुस २७ देखि २९ गतेसम्म हुने भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार