आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार भिडियो

कागेश्वरी मनोहराका वडाध्यक्ष स्व.थापाप्रति श्रद्धाञ्जली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहराका वडाध्यक्ष स्व.थापाप्रति श्रद्धाञ्जली
काठमाडौं, पुस ४ :

कागेश्वरी मनोहरा नगरपालिकाले वडा नम्बर–७ का वडाध्यक्ष भीमसेन थापाको निधनमा शोकसभा गरेको छ।

नगरपालिकामा आज आयोजित शोकसभामा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले स्व. थापाको निधनले आफूले आधा शरीर गुमाएको जस्तो महसुस भएको भन्दै गहिरो दुःख व्यक्त गरे। 

उनले स्व. थापाले नगर र वडाको विकासमा पुर्‍याएको योगदान स्मरण गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे। साथै स्व. थापाको योगदानको कदर गर्दै वडामा सालिक निर्माण गर्ने र ‘भीमसेन स्मृति दिवस’ मनाउने पहल गरिने पनि उनले बताए।  

त्यस अवसरमा नगरप्रमुख कार्की, उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरू र नगरपालिकाका कर्मचारीहरूको स्व. थापाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।

थापाको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा गत मंसिर १८ गते निधन भएको थियो। उनी २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर–७ का वडाध्यक्षमा निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार