आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

कागेश्वरी मनोहरा–५ मा भोलि बिहान बृहत् सरसफाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा–५ मा भोलि बिहान बृहत् सरसफाइ
काठमाडौं, पुस ४ :

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ ले भोलि (शनिबार)  बिहान बृहत् सरसफाइ कार्यक्रम गर्दैछ। ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित बिहान  ७:३० बजे वडा भित्रका विभिन्न स्थानहरूमा  सरसफाइ कार्यक्रम गरिने जनाइएको छ। कार्यक्रम महिला वातावरण समूह तथा दिदीबहिनी एकता समाजको सहकार्यमा आयोजना हुन लागेको हो।

वडा अध्यक्ष शंकर पाण्डेले वडा नं. ५ भित्रका सम्पूर्ण महिला समूह, युवा क्लब, टोल सुधार समिति, समाजसेवी, आमा–बुवा, दिदी–बहिनी तथा दाजु–भाइहरूलाई सरसफाइ कार्यक्रममा उपस्थित भई सक्रिय रूपमा सहयोग गर्न हार्दिक आग्रह गरेका छन्।

सफा, सुन्दर र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस अभियानमा समुदायको सक्रिय सहभागितालाई विशेष महत्व दिइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार