
काठमाडौं, पुस ४ :
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ ले भोलि (शनिबार) बिहान बृहत् सरसफाइ कार्यक्रम गर्दैछ। ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित बिहान ७:३० बजे वडा भित्रका विभिन्न स्थानहरूमा सरसफाइ कार्यक्रम गरिने जनाइएको छ। कार्यक्रम महिला वातावरण समूह तथा दिदीबहिनी एकता समाजको सहकार्यमा आयोजना हुन लागेको हो।
वडा अध्यक्ष शंकर पाण्डेले वडा नं. ५ भित्रका सम्पूर्ण महिला समूह, युवा क्लब, टोल सुधार समिति, समाजसेवी, आमा–बुवा, दिदी–बहिनी तथा दाजु–भाइहरूलाई सरसफाइ कार्यक्रममा उपस्थित भई सक्रिय रूपमा सहयोग गर्न हार्दिक आग्रह गरेका छन्।
सफा, सुन्दर र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस अभियानमा समुदायको सक्रिय सहभागितालाई विशेष महत्व दिइएको छ।
