सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कार्की बैंक्वेटमा ईश्वर पोखरेल समूहको भेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ५ पुस, २०८२ मा प्रकाशित
कार्की बैंक्वेटमा ईश्वर पोखरेल समूहको भेला
काठमाडौं, पुस ५ :

नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ ।

भर्खरै  सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको छ ।  जसमा गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।

भेलामा ईश्वर पोखरेल प्यानलबाट लडेका नेता कार्यकर्ताहरूको सहभागीता रहेको  छ। सुरुमा मिडियालाई प्रवेश दिईएपनि पछि आन्तरिक छलफल भन्दै मिडियालाई बाहिर जान भनिएको छ ।

ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भए।

ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार