सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

मेरो लडाई जारी छ : रास्वपा सभापति लामिछाने

एउटा चूनावका लागि नभइ पुस्ताका लागि आफु राजनीतिमा आएको भन्दै उनले खरानी भएको युवाहरुको सपनालाई पुरा गर्न सवै मिल्नुपर्ने बताए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ५ पुस, २०८२ मा प्रकाशित
मेरो लडाई जारी छ : रास्वपा सभापति लामिछाने
काठमाडौं, पुस ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो लडाई जारी नै रहेको बताउनुभएको छ ।

आज काठमाडौं आएपछि त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले आफ्नो व्यक्तिगत नभइ देश र पुस्तामाथिको न्यायको लडाई जारी रहेकाले बिजयी हुन बाँकी नै रहेको बताउनुभएको हो ।

अपदस्थ भएका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा आफु नरहेको भन्दै उहाले उनीहरुलाई इतिहासको एउटा कुनामा संरक्षित र सम्मानित कसरी राख्ने भन्नेमा सोचिरहेको बताए । सम्मानित स्थानमा बस्ने वा नवस्ने भन्ने कुरा उनीहरुको अभिव्यक्ति र क्रियाकलापमा भर पर्ने उनको भनाइ छ । सभापति लामिछानेले नयाँ भन्नेहरु अव सवै मिल्ने र एकै ठाँउमा आउने दावी गरे। 

एउटा चूनावका लागि नभइ पुस्ताका लागि आफु राजनीतिमा आएको भन्दै उनले खरानी भएको युवाहरुको सपनालाई पुरा गर्न सवै मिल्नुपर्ने बताए ।

लामिछानेले हरेक आन्दोलनमा सुरक्षाकर्मीलाई घाइते बनाएर परिवर्तन आएको भन्दै उनीहरुको पक्षमा समेत काम गर्नुपर्ने बताए । आफुमाथि धेरै मुद्दा रहेकाले सास रहुन्जेल आफु लड्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार