काठमाडौं, पुस ७ :
आज बिहान ११ बजे माइतीघरमा गर्न लागेको विरोध प्रदर्शनका लागि जेनजी समूहले अनुमति पाएनन् ।
मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको हो । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा जेनजी समुह पुगेको थियो ।
जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिने प्रशासनले बताएको छ ।
‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र विभिन्न समुहले बुझाएको बताईएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन ।
ढुङ्गाना समूहले हिजो आन्दोलन घोषणा गरेर आज प्रदर्शनका लागि अनुमतिका लिन प्रशासनमा पुगेको थियो ।
ढुङ्गानाले गरी खान देऊ अभियानको नेतृत्व गर्दै आएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
दसैँ पर्वका लागि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल,हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा आइपुगे