काठमाडौं, पुस ७ :
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी,जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको स्थानमा पुगेर हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।
यो सँगै पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने सांसदको सङ्ख्या १४३ पुगेको छ ।
एमालेका ७५,कांग्रेसका ६५ र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी,जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी हस्ताक्षर गर्ने संख्या १ सय ४३ पुगेको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
दसैँ पर्वका लागि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल,हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा आइपुगे