सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

एमालेले सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको भर्चुअल माध्यमद्वारा संयुक्त बैठक गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
एमालेले सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको भर्चुअल माध्यमद्वारा संयुक्त बैठक गर्दै
काठमाडौं, पुस ८ :

नेकपा एमालेले आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्यालयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ ।

जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको सो पार्टीले जनाएको छ ।

महाधिवेशनले चुनेको नेतृत्व,यसको कार्यभार,वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिवले प्रस्ट पार्ने बताइएको छ  ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार