आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारी संवाद टोलीको आग्रह

चुनावमा जान तयार छौं : सीके राउत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ पुस, २०८२ मा प्रकाशित
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारी संवाद टोलीको आग्रह
काठमाडौं, पुस ९ :

सरकारले चुनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरी वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।

छलफलका क्रममा जनमतका नेताहरुले आफूहरु निर्वाचनमा जान तयार भएको र सुरक्षा लगाएतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।

छलफलपछि उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउन राजनीतिक दलका कार्यलय पुगेर छलफल गरेको बताए । उनले सरकारको तर्फबाट चुनावको तयारी अगाडी बढाउन जनमतका नेताहरुले सुझाव दिएको उल्लेख गरे ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक विषय भएको बताए ।

आफूहरु चुनावमा जान तयार रहेको र सुरक्षा लगाएतका सवै तयारीमा गम्भीर भएर लाग्न आफूले सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशंका गर्नुपर्ने ठाँउ नदेखिएको जिकिर गरे । उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो ।

दलहरु र सरोकारसंग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार