मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

निर्वाचनको वातावरण बने एमाले चुनावमा जान्छ, बहुमत ल्याउँछ : ओली

शान्त र सुरक्षित वातावरण बिना निष्पक्ष चुनाव हुन सक्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० पुस, २०८२ मा प्रकाशित
निर्वाचनको वातावरण बने एमाले चुनावमा जान्छ, बहुमत ल्याउँछ : ओली
काठमाडौं, पुस १० :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफ्नो पार्टी तयार रहेको बताएका छन्। 

११ औं महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यवाद तथा प्रमाणपत्र वितरण गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री र राष्ट्रपतिले चुनावको कुरा गरे पनि वातावरण नबनेको बताए।

अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको भेटमा पनि एमाले चुनावको विरोधी नभएको कुरा राखिएको जानकारी दिए। उनले एमाले स्वतन्त्र र धाँधलीरहित चुनाव चाहन्छ भन्दै कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए ।

‘सरकारले निर्वाचनको वातावरण बनायो भने हामी चुनावमा जान्छौँ,’ओलीले भने, ‘हामी चुनाव जितेर बहुमत ल्याउँछौँ। स्वतन्त्र र निष्पक्ष चुनाव हुनुपर्छ।’

प्रतिनिधिसभा पुनर्स्थापनाको विषय अदालतमा रहेको भन्दै ओलीले अदालतको निर्णय स्वीकार गरिने बताए।

‘अहिले पनि आक्रमण भइरहेका छन्। नेताहरूलाई हिँडडुल गर्न दिइएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी चुनाव सम्भव हुन्छ?’

ओलीले शान्त र सुरक्षित वातावरण बिना निष्पक्ष चुनाव हुन नसक्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार