
नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । केही दिन यता लगातार बसिरहेको काँग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार पनि बस्न लागेको हो ।
हिजो कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको तियो । हिजोको बैठकमा नेताहरूले आ आफ्नो धारणा राख्ने राखेका थिए ।
महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ ।
पूर्वनिर्धारित नियमित महाधिवेशनको प्रक्रिया अलमलमा परेको भन्दै नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टी नेतृत्वलाई स्मरण पत्र बुझाएका छन् ।
शुक्रबार विशेष महाधिवेशनको माग गर्दै नेता देवराज चालिसेको नेतृत्वमा रहेको समूहले कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई स्मरण पत्र बुझाएको हो । नियमित महाधिवेशन तोकिएको समयमै हुन नसक्ने अवस्था देखिएपछि विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको उनीहरूको निष्कर्ष छ ।