सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्दै

देउवा,ओली र प्रचण्डसंग भेट गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १२ पुस, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्दै
काठमाडौं, पुस १२ :

प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएकी छन् ।

आज दिउँसो ३ बजे हुने छलफलमा निर्वाचनको बिषय नै प्रमुख हुने बताइएको छ ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेतासँगको आजको छलफलका लागि वातावरण बनाउन हिजो  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

भेटमा उनले तीनै जना नेतालाई  निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार