आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १२ पुस, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
ललितपुर, पुस १२ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पनि जारी छ।

कन्द्रीय कार्यालय सानेपामा बैठक अहिले बसिरहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। महाधिवेशन बिषय फेरि काँग्रेस पार्टीमा चर्किएको छ । नियमित महाधिवेशन नहुने देखिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प नभएको अडान दोहोर्याएका छन्।

विशेष महाधिवेशन पक्षधरले हिजो स्मरणपत्र समेत बुझाएर अडान नछाड्ने बताएपछि जारी बैठकमा महाधिवेशनको विवाद पेचिलो बनेको छ। हिजो विशेष महाधिवेशनको माग गर्दै नेता देवराज चालिसेको नेतृत्वमा रहेको समूहले कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई स्मरण पत्र बुझाएको हो । नियमित महाधिवेशन तोकिएको समयमै हुन नसक्ने अवस्था देखिएपछि विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको उनीहरूको निष्कर्ष छ ।

पुस २६ देखि नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएपछि क्रियाशील सदस्यताको काम गर्न नसक्दा प्रभावित भएको छ।

यही बैठकबाट महाधिवेशन विवाद टुंग्याउन नेताहरूमाथि दबाब बढेको छ ।

यो बाहेक बैठकमा आगामी निर्वाचनको तयारीबारे पनि छलफल भइरहेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार