आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौँको वसन्तपुरमा राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
काठमाडौँको वसन्तपुरमा राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइदै
काठमाडौं, पुस १७ :

काठमाडौँको वसन्तपुरमा आज राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।   

विगत १३ वर्षदेखि  विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् ।

यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।

विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार