आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी #कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी
समाचार

१३औं ‘राष्ट्रिय टोपी दिवस’ मनाइयो [फोटोसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
१३औं ‘राष्ट्रिय टोपी दिवस’ मनाइयो [फोटोसहित]
काठमाडौं, पुस १७ :

‘नेपाली टोपी: हाम्रो पहिचान’भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय पोसाक र टोपी दिवस हर्षोल्लासका साथ मनाइएको छ।

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा भेला भएर  मौलिक बाजागाजासहित नाचगान गर्दै उनीहरूले नेपाली पहिचान झल्काउने पोसाक लगाएर यस दिवसलाई उत्सवको रूपमा मनाएका छन्।

कार्यक्रममा सहभागीहरू मौलिक नेपाली पोसाक—दौरा-सुरुवाल, ढाका टोपी र गुन्यु-चोलीमा सजिएका थिए। हरेक वर्ष जनवरी १ तारिखलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ । 

सहभागीहरूले एक-अर्कालाई नयाँ वर्षको शुभकामना आदान-प्रदान गरे । नेपाली पहिचानलाई विश्वभर चिनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

नेपाली मौलिक पहिचानका प्रतीक मानिने राष्ट्रिय पोसाकको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७० देखि यो अभियान सुरु गरिएको हो।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार