आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो #कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो
समाचार प्रदेश मधेस प्रदेश

सर्लाहीमा वनपालेको हत्या, टाउको झाडीमा भेटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
सर्लाहीमा वनपालेको हत्या, टाउको झाडीमा भेटियो
प्रतीकात्मकर तस्बिर ।
सर्लाही, पुस २० :

 सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ । ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो ।         

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दूरीमा झाडीमा फेला परेको हो । महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश अनुसन्धान टोलीले पुगेको थियो ।

प्रहरीले हत्याको आशङ्कामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन । शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो  साइकलमा त्यसतर्फ  लागेका थिए । उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार