काठमाडौं, पुस २३ :

नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु चयन गरेको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभाका लागि उम्मेद्वार चयन गरेका हुन् ।

नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग समेत तालमेलको अवस्थामा एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय गरिएको हो ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी गण्डकीमा सम्झना देवकोटा,लुम्बिनीमा रामकुमारी झाँक्री,कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको छ । मधेश प्रदेशको भने नाम तय हुन बाँकी छ ।

आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।