सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल #प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल
समाचार राजनीति

राष्ट्रियसभा निर्वाचनमा काँग्रेस,एमाले र जसपाबीच तालमेल, नेकपा अलग्गिए

नेकपाले कांग्रेस र एमालेले ४ सीट नदिएपछि राष्ट्रिय सभा निर्वाचनमा एक्लै आफ्ना उम्मेदवार खडा गर्ने भएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
राष्ट्रियसभा निर्वाचनमा काँग्रेस,एमाले र जसपाबीच तालमेल, नेकपा अलग्गिए
काठमाडौं, पुस २३ :

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालबिच तालमेल हुने भएको छ ।

कांग्रेसले ९,एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको एक नेताले जानकारी दिए  । क्लस्टर पनि टुंगिएको बताईएको छ ।

जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी नेकपा सहित तालमेल हुने प्रयास गरिए पनि तालमेल हुन सकेन । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।

नेकपाले कांग्रेस र एमालेले ४ सीट नदिएपछि राष्ट्रिय सभा निर्वाचनमा एक्लै आफ्ना उम्मेदवार खडा गर्ने भएको छ ।

एमाले र कांग्रेसले नेकपालाई ३ सीट दिएर समेट्ने प्रस्ताव गरेका थिए । तर आफ्नो मतभार बमोजिम नेकपाले कम्तिमा चार सीट दावी गरेको थियो ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार